पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ ।
वाम एकता र ध्रुवीकरण आवश्यक रहेको निष्कर्षका साथ बाम घटकहरूसँग एकताको नीति लिएको माओवादीले पार्टीमा स्वागत गर्दा दिने पदबारे भने खुला नीति लिएको हो ।
पार्टीका एक स्थायी कमिटी सदस्यले साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी पहिलेको पार्टीमा भएको पदअनुसार समायोजन गरिने निर्णय भएको जानकारी दिए । सोहीअनुसार अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा मातहतका कमिटीलाई सर्कुलर पठाइसकिएको ती नेताको भनाइ छ ।
‘...विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित बाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ’, सर्कुलरलाई उद्धृत गर्दै ती नेताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा