प्रचण्डको ब्रिफिङ : उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखियो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखिएको बताएका छन् । मङ्सिर २८ गतेको स्थायी समिति बैठकको निर्णअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा प्रचण्डको ब्रिफिङलाई उद्धृत गर्दै उपनिर्वाचनको नतिजा पार्टीका लागि उत्साहजनक रहेको उल्लेख गरिएको प्रदेश कमिटीका एक अध्यक्षले रातोपाटीलाई बताए ।
ती नेताका अनुसार प्रचण्डले २८ गतेको बैठकमा स्थानीय उपनिर्वाचनमा पार्टीको उत्साहजनक परिणाम प्राप्त भएका र माओवादीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको देखिएको ब्रिफिङ गरेका थिए ।
प्रचण्डको ब्रिफिङमा आधारित सर्कुलरमा भनिएको छ, ‘कयौँ स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगका बावजुद पनि ती दुई पार्टीको जनमत ह्रासोन्मुख अवस्थामा देखिएको छ ।’
उपनिर्वाचनमा पार्टीको सिङ्गो पङ्ति एकढिक्का देखिएको र हरेक स्थानमा नेतृत्व तहका नेताहरू समेतको क्रियाशीलताले निर्वाचनलाई परिणाममुखी बनाउन सफल रहेको देखिएको सर्कुलरमा उल्लेख रहेको ती अध्यक्षको भनाइ छ ।
यद्यपि सो उपलब्धिका अलावा पनि पूर्व–विजय प्राप्त गरेका केही स्थानहरू गुम्नु, निर्वाचनको लागि सिङ्गो पार्टी पङ्तिलाई परिचालन गर्ने विषयमा सीमाहरू रहनु, निर्वाचनको लागि आवश्यक सबै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका विषयहरूमा केही कमजोरी भने देखिएको माओवादीको निष्कर्ष छ ।
माओवादीले उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकताबद्ध गराउने, जनस्तरसम्म पार्टी सङ्गठनलाई बिस्तार र व्यवस्थित रूपमा परिचालन गर्ने, जनसङ्गठनहरूलाई व्यापक रूपमा बिस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही बिचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने विषयमा जोड समेत दिएको अर्का एक स्थायी समिति सदस्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा