अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
मङ्गलबार, ०२ पुस २०८१, ०१ : ३९

काठमाडौं । अमेरिकाको विस्कन्सिनमा रहेको एक स्कुलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शहरका प्रहरी प्रमुख शोन बार्नेसले विस्कन्सिन राज्यको राजधानी म्याडिसनमा रहेको एम्बुन्डेन्ट लाइफ क्रिश्चियन स्कुलमा भएको गोलीबारीमा मारिनेमा एक संदिग्ध किशोर समेत रहेका छन् ।
अधिकारीहरु घटनास्थल पुग्नुभन्दा पहिल्यै आक्रमण गर्ने संदिग्ध मारिएको र जो स्कुले छात्र समेत रहेको बताइएको छ । प्रहरीले स्थानीयलाई सतर्क गराएको र अनुसन्धानका लागि स्कुलसँगैको सडक बन्द गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार संस्था एजुकेशनविकका अनुसार यो वर्ष मात्रै हालसम्म अमेरिकाभर स्कुलमा ३८ गोलीबारीका घटना भएका छन्, जसमा कयौंको मृत्यु र कयौं घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?