मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म

मङ्गलबार, ०२ पुस २०८१, ०० : ५९
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. छैन पूर्वाधार
सरकारले २०७३ फागुनमा २० वर्ष पुराना पेट्रोल र डिजेलबाट चल्ने सार्वजनिक सवारी साधन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । वायु प्रदूषण बढाएको र पुराना सवारी साधनले दुर्घटना बढी भएका कारण सरकारले यस्तो व्यवस्था गरेको थियो । तर निर्णय भएको करिब ९ महिनामा कुनै पनि गाडी स्क्रयापिङ हुन सकेनन् ।

२. मूल्य कति घट्यो ?
पछिल्लो समय बजारमा दाल, चामल, तेल र चिनीको मूल्य घटेको छ । दसैँ, तिहारजस्ता चाडपर्वको अगाडि चामल, तेल, चिनी लगायतका खाद्यान्नको मूल्य बढेको थियो । अहिले यी सबै खाद्यान्नको मूल्य घटेको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ बताउँछन् । 

३. उमागौरी ठगी प्रकरण
मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा २७ मङ्सिरमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो । 

४. नतिजा सुधारको पहल
अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४७।८७ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २ गते आगामी नतिजा ७० प्रतिशत पुर्‍याउने उद्घोष गरे । 

५. संसदीय समिति
सोमबार सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल गर्न भन्दै अर्थ समितिको बैठक बोलाइएको थियो । पटक पटक स्थगन हुने समितिको बैठक सोमबार भने बस्ने र संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो । यसका लागि कानुन मन्त्रालयका सचिव तथा सहसचिवका साथै अर्थ मन्त्रालयका राजश्व सचिव दिनेश घिमिरे उपस्थित रहेका थिए ।

६. रहेनन् पीएल सिंह
काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । उनी पूर्वमन्त्री समेत हुन् । सोमबार बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । 

८. एमाले पार्टी कार्यालय जग्गा विवाद
सर्वोच्च अदालतले अन्ततः एमालेले दानमा पाएको जग्गामा भवन बनाउन सक्ने गरी फैसला सुनाएको छ। न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले सोमबार रिट खारेज गर्दै एमालेलाई उक्त जग्गामा पार्टी कार्यालय बनाउने बाटो खोलेको हो । 

९. निर्यात हुने वस्तु
चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चार महिनामा नेपालले कुल ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यसमा नेपालले जम्मा ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ वस्तु तथा सेवाको निर्यात गरेको छ । 

१०. एनआरएनए

गैरआवासीय नेपाली संघ ९एनआरएनए० को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिको बैठक सोमबार बसेको छ ।  पूर्वअध्यक्ष तथा समितिका सदस्य शेष घलेको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले एकता प्रक्रियालाई सार्थक बनाउँदै आगामी मे महिनामा महाधिवेशन गर्न दुई वटा निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

११. पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार युक्रेनमा आफ्नो सेनाको द्रुत प्रगतिको प्रशंसा गर्दै पश्चिमी समर्थित छिमेकमा मस्कोको सैन्य आक्रमणको सन् २०२४ को वर्षलाई ‘ऐतिहासिक’ बताएका छन् । वर्षको अन्त्यमा भएको बैठकमा शीर्ष सैन्य जनरलहरूलाई सम्बोधन गर्दै उनले आफ्नो सेनाको सम्पूर्ण मोर्चामा माथिल्लो हात रहेको दाबी गर्दै दृढ र आशावादी स्वर व्यक्त गरेका छन् । 

१२. क्रिकेट
नेपाल प्रिमियर लिग (एनपीएलं) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिम रोयल्सले सफलता हात पारेको छ । सुदूरपश्चिम रोयल्सले सोमबार खेलिएको खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएको हो । यो खेलसँगै प्रतियोगिताको प्ले अफ चरणमा पुग्ने चौथो टोलीको पनि टुंगो लागेको छ । काठमाडौँ गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्रतियोगिताको प्ले अफ चरणमा पुगेको छ । नेपाली टोली एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर–४’ चरण (सेमिफाइनल)मा प्रवेश गरेको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप