ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
सोमबार, ०१ पुस २०८१, २१ : १३

बुटवल । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार राति राप्ती गाउँपालिका–२ लालमटिया (कटेशनाला नजिक) पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा४ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा८प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
घाइतेलाई स्वास्थ्य चौकी भालुवाङ लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको परिचय खुल्न नसेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू
-
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य
-
आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले फेरि बोलायो
-
राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन, तस्बिरहरू
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा