जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ ।
मंसिर २८ र २९ गते अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रमुख बस्नेतका अनुसार बैठकले सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन बैठकले २०८१ चैत्र मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने छ भने सातै प्रदेश समिति र राष्ट्रिय समितिहरूको आगामी २०८२ वैशाख २५ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टी मातहतका समितिको अधिवेशन पार्टी विधानले व्यवस्था बमोजिम गरेको हुनुपर्ने भनिएको छ ।
पार्टीसम्बद्ध भ्रातृसंगठनहरुलाई अधिवेशन सम्पन्न गर्नको लागि २०८२ वैशाख मसान्तसम्मको समयसीमा तोकिएको उनले बताए । अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृसंगठनका केन्द्रीय समितिलाई भंग गरी नयाँ प्रक्रियाबाट कार्यको थालनी गरिने बताइएको छ ।
राष्ट्रिय महाधिवेशन सम्पन्न गरी जसपा नेपालले मातहत समिति र भ्रातृ संगठनको अधिवेशन गर्ने कार्यलाई अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान