गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको काम तीव्र

काठमाडौँ । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक अभावको कारण देखाउँदै रंगशाला बनाउने काम छाडेपछि रगंशाला अलपत्रमा परेको थियो ।
लामो समय अलपत्रमा परेको उक्त रगशाला भरतपुर महानगर पालिकाको पहलमा संघीय सरकार, बागमती प्रदेश सरकार र भरतपुर महानगरबिचको सहकार्यमा धमाधम निर्माण भइरहेको छ । उक्त रंगशालाको काम २०८१ असार २३ गतेदेखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले काम सुरु गरेको थियो । उक्त कम्पनीले ७८ करोड ५० लाख ९१ हजार लागतमा रंगशाला निर्माण गरी रहेको छ ।
बागमती प्रदेश सरकारको ७५ करोड र भरतपुर महानगर पालिकाको ५ करोड रुपैयाँबाट रंगशालाको काम अगाडि बढाइएको छ भने संघीय सरकारले पनि रंगशाला निर्माणको लागि बजेट विनियोजन गरेको छ ।
निर्माण सुरु भएको ५ महिनामा भएको प्रगतिले तोकिएको समयभित्रै निर्माण सकिने देखिएको आयोजनाका प्रोजेक्ट म्यानेजर वीरेन्द्र कुमार यादवले जानकारी दिए । रंगशालामा दैनिक १ सय ५० देखि १ सय ७५ जना कामदारबाट काम भइरहेको उनले बताए । निर्माण सुरु भएको ५ महिनामा करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको र अहिले २ वटा टावर दर्शक बस्ने स्ट्याण्ड र खेल मैदान बनाउने काम भइरहेको इन्जिनियर रञ्जित शाहले बताए ।
चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण भइरहेको रंगशालाको खेल मैदानमा दर्शक बस्ने ३ तहको प्याराफिट र भिआईपी टावर तथा खेलाडीहरू बस्ने टावर निर्माण गरिने शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह