सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सत्य निरूपण आयोगको सचिवमा ढुङ्गाना

सोमबार, ०१ पुस २०८१, १७ : ३२
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगमा कानुन आयोगका सचिवलाई सरुवा गरेको छ । आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई कानुन आयोगमा सरुवा गर्दै उनको ठाउँमा पाराश्वर ढुङ्गानालाई ल्याइएको हो ।  

२७ मङ्सिरमा बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो ।

। सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिसको अन्तिम तयार भइरहँदा सचिवहरूको हेरफेर गरिएको हो ।  सर्च कमिटी पदाधिकारी सिफारिसको अन्तिम तयारीमा रहेको छ । त्यसका लागि सर्च कमिटीको बैठक पनि बसिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप