पत्रकार महासंघको निर्वाचन : रातोपाटीकर्मीहरु निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनबाट केन्द्र, प्रदेश र जिल्लामा रातोपाटीकर्मीहरु निर्वाचित भएका छन् । मत परिणामअनुसार महासंघको केन्द्रीय महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । दाहाल रातोपाटीका सम्पादक हुन् ।
यसैगरी उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा अर्जुन पन्त निर्वाचित भएका छन् । पन्त रातोपाटीको प्रबन्ध निर्देशक हुन् ।
यसैगरी रातोपाटीको प्रदेश संयोजक तेजेन्द्र केसी महासंघको लुम्बिनी प्रदेश सदस्य, समाचार सम्पादक राजकुमार सिग्देल ललितपुर जिल्लाबाट केन्द्रीय परिषद् सदस्य, कर्णाली प्रदेश संयोजक पंखबहादुर शाही सुर्खेत जिल्ला सदस्य र बागमती प्रदेश संयोजक गणेश दुलाल मकवानपुर सदस्य निर्वाचित भएका छन् ।
प्रकाशन संस्था डिस्कभरी न्युज नेटवर्कले रातोपाटीकर्मीहरु महासंघमा निर्वाचित भएकोप्रति खुसी व्यक्त गर्दै हार्दिक बधाई तथा शुभकामना दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला