यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।
सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको जानकारी दिए । केन्द्रलाई व्यवस्थित रूपमा परिचालन गर्नका लागि ध्यान केन्द्रित गर्ने र अन्तःशुल्क, स्मार्टकार्ड, लालपुर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने उनले बताए ।
त्यस्तै बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । नागढुंगा सुरुङ मार्ग आयोजना अन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने निर्णय भएको उनले बताए ।
बैठकले नेपाल सरकार र भारत सरकारबिच हस्ताक्षर हुने खानेपानी, सरसफाइ सम्बन्धी क्षेत्रको विकास सम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ । राष्ट्रिय सहरी नीति स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।
त्यस्तै मन्त्रिपरिषद्ले अन्तराष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल