बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनीहरु उच्च अदालत पाटन पुगेका थिए ।
न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको हो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो भने पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा विरुद्ध सुरुमै अभियोग पत्र दायर भएको थियो । उनी तत्कालीन समयमा फरार रहेका थिए ।
पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दामा नेपाली काग्रेसका नेता बालकृष्ण खाण एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन
-
गोहीको अण्डा सङ्कलन सुरु
-
रुस-युक्रेन युद्धमा सेना पठाएकोबारे के भन्छ उत्तर कोरियाको सरकारी मिडिया ?
-
पोखरा विमानस्थलसम्बन्धी छानबिन रिपोर्ट हावादारी