मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?

वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले २ करोड डलर बराबरको क्रिप्टोकरेन्सी दान दिने दाबी गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसले अनलाइनमा द्विविधा त उत्पन्न गरेको छ नै चिन्ता पनि बढाएको छ ।
मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । यो भिडियो सक्कली होइन । डिपफेक प्रविधिबाट बनाएको भिडियो हो ।
के हो कुरा ?
भाइरल भइरहेको मस्कको यो भिडियो डिपफेकबाट बनाइएको भिडियो हो । ‘यो सबैका लागि सरप्राइज हो । म २ करोड डलर बराबरको क्रिप्टो बाँड्दै छु । यो अभियान डिसेम्बर १३ देखि एक हप्तासम्म चल्ने छ । के म गम्भीर छु ? हो एलन ४ यूकम मा जानुहोस् । यो मात्रै केही मिनेटको काम हो ।’ भिडियोमा मस्कले भनिरहेको सुनिन्छ ।
तर यो भिडियो पूर्णतया झुठो हो र एआईको सहयोगमा बनाइएको हो । भिडियो झुटो भएकोे र यो स्क्याममा नफस्न एक्समा एउटा पोष्टमा मस्कको टिमले चेतावनी दिएको छ । यस्तो खालको दानमा मस्क र उनको कम्पनी कोही पनि संलग्न नभएको पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख
-
सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा
-
संघीय संसद्को हिउँदे अधिवेशन सुरु