१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार

दमास्कस । सिरियामा बशर अल–असदको सरकार सत्ताबाट हटेको छ । अहिले सिरियालाई विद्रोही समूहले सत्ता कब्जा गरेको छ । यस्तोमा विश्वभरका देशहरूले त्यहाँ बनेको नयाँ सरकारलाई स्वीकार गरेर उनीहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न थालेका छन् ।
संयुक्त राष्ट्रसंघका विशेष दूत सिरियाको राजधानी दमास्कस पुगेका छन् । विशेष दूतले सिरियाका नयाँ नेता र हयात तहरीर अल–शाम (एचटीएस) का प्रमुख अबु मोहम्मद अल–जोलानीसँग पनि भेटे । उक्त भेटमा उनले मुलुकमा विश्वसनीय न्याय प्रणालीको स्थापना भएको, अपराधमा न्याय र जवाफदेहिता भएको र बदलाको भावनाले काम नगरियोस् भन्ने सुनिश्चित गर्नुपर्ने बताए ।
कतारको दूतावासले पनि १३ वर्षपछि मङ्गलबारदेखि दमास्कसमा पुनः काम सुरु गर्ने भएको छ । कतारले १३ वर्षअघि सरकार विरोधी विद्रोहको प्रारम्भिक चरणमा दमास्कसस्थित आफ्नो दूतावास बन्द गरेको थियो । यो विद्रोहपछि सिरियामा गृहयुद्ध सुरु भयो, जुन १३ वर्षसम्म चल्यो ।
संसारका अन्य देशहरूले पनि गृहयुद्धको समयमा बशर अल–असदको सरकारसँग सम्बन्ध जारी राखेका थिए । तर कतारले भने त्यस्तो गरेन । टर्कीले पनि १२ वर्षपछि दमास्कसमा आफ्नो दूतावास पुनः खोलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान