रुकुम पश्चिमकाे सानीभेरी नदीकाे किनारामा एक व्यक्तिको शव फेला
सोमबार, ०१ पुस २०८१, १५ : २७
रुकुम पूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ स्थित कुनाखेत नजिकै सानीभेरी नदी किनारामा एक व्यक्तिको शव फेला परेको छ ।
सोमबार दिउँसो नदी किनारामा शव फेला हो । शव फेला परेको खबर पश्चात् अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा ७ जनाको टोली घटनास्थल तर्फ गइरहेको छ ।
शव कसको हो र के कारणले मृत्यु भएको हो भन्ने बारे प्रहरीले कुनै जानकारी दिएको छैन । घटनास्थल पुगेपछि थप यस विषमा जानकारी हुने प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।
मृतक परम्परागत रूपमा लाग्दै आएको कुनाखेत मेला हेर्नका आएका व्यक्ति हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको दरभाउ ?
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने