गोरखाको ९ वटा पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गोरखाका ९ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको छ । ११ पालिकामध्ये २ नगरपालिका र ७ गाउँपालिकाको सम्मेलन सम्पन्न गरेको हो ।
सम्मेलनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व चयन गरेको माओवादीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए । तमुका अनुसार गोरखा नगरपालिमा रामहरी केसी, पालुङ्टार नगरपालिकाको अध्यक्षमा मदन देवकोटा निर्वाचित भएका छन् ।
यस्तै सहिद लखन गाउँपालिका अध्यक्षमा ध्रुर्व खनाल, भीमसेन थापा गाउँपालिकामा विनोद पाण्डे निर्वाचित भएको तमुले जानकारी दिए । यसैगरी अजिरकोट गाउँपालिका अध्यक्षमा कृष्णबहादुर गुरुङ, बारपाक सुलिकोट गाउँपालिकामा नरबहादुर गुरुङ, आरुघाट गाउँपालिकामा विष्णुप्रकाश खड्का, गण्डकी गाउँपालिकामा मिलन मगराती, धार्चे गाउँपालिकामा सूर्यवहादुर गुरुङ अध्यक्ष निर्वाचित भएका छन् । सिरानचोक गाउँपालिका र चुमनुव्री गाउँपालिकाको सम्मेलन हुन बाँकी रहेको तमुले जानकारी दिए ।
मंसिरभित्र ७५३ वटै पालिकामा सम्मेलन गरिसक्न पार्टीले निर्देशन दिएपनि स्थानीय तह उपनिर्वाचनको तयारीका कारण अधिकांश स्थानमा सम्मेलन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण