राजविराज विमानस्थलमा रात्रिकालीन उडान परीक्षण हुँदै
सोमबार, ०१ पुस २०८१, १४ : ०८

सप्तरी । सप्तरीको राजविराज विमानस्थलमा आज रात्रिकालीन उडानको परीक्षण हुने भएको छ । यसका लागि साँझ ५ बजे बुद्ध एयरले काठमाडौँ–राजविराज उडान गर्ने तालिका रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जडान भएका लाइट र अन्य उपकरणहरूको परीक्षण हुनेछ । परीक्षण उडान सफल भए नियमित रूपमा बुद्ध एयरले काठमाडौँ–राजविराज रात्रिकालीन उडान गर्नेछ ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायत विमानस्थलमा रात्रिकालीन उडान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?