बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

जलनमा परेका छालाको स्याहार कसरी गर्ने ?

सोमबार, ०१ पुस २०८१, १४ : ०४
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । नेपालमा बर्सेनि आगो, तातो पदार्थ, विद्युत्, एसिडका कारण जलनको घटना हुने गरेको पाइन्छ । शरीरको कुनै पनि भाग पोलेमा करिब २ वर्षसम्म एकदमै ध्यान दिनुपर्ने हुन्छ ।

 यदि पोलेको भागको छालाको स्याहार गर्न नसकेमा पुनः अप्रेसन गर्ने अवस्था आउन सक्ने कीर्तिपुर अस्पतालका थेरापिस्ट डा. मोहन डङ्गोल बताउँछन् । जलनमा परेको छाला सामान्यतया सुक्खा र संवेदनशील हुन्छ । त्यसैले यसलाई सफा र हाइड्रेटेड राख्न महत्त्वपूर्ण हुने उनी बताउँछन् ।

छाला स्याहारका लागि डा. डङ्गोलको सुझाव-

–दैनिक रूपमा ५ देखि ७ मिनेट मनतातो पानीले नुहाउनुपर्छ । यसरी नुहाएमा छाला नरम हुन्छ । शरीरमा भएको पानी पुछ्दा ड्याब ड्याब गरेर पानी पुछ्नु पर्छ ।

–पोलिएको छाला अप्रेसनपछि पनि सुक्खापन रहन्छ । छालाको सुक्खापन हटाउन राम्रो हाइड्रेटिङ क्रिम वा तेल प्रयोग गर्नुपर्दछ । ग्लिसरीन, नरिवल तेल, राम्रो खालको मोस्चराइनिङ क्रिम प्रयोग गर्नुपर्छ ।

–दैनिक चार पटकसम्म स्ट्रेचिङ एक्सासाइज (टन्काउने व्यायाम) गर्ने ।

–पोलिएको छालामा ‘प्रेसर ग्रमेन्टस्’ कपडाको प्रयोग गर्ने ।

–पोलिएको छालामा तातो पानीले सुक्खा थप्न सक्छ । त्यसैले हल्का मन तातो पानी मात्रै प्रयोग गर्नु पर्दछ ।

–पोलिएको छालामा सूर्यको किरणको असर बढी पर्न सक्छ । पोलिएको छालामा सूर्यको किरणको असर बढी पर्न सक्छ । यसबाट जोगिन राम्रो खालको सन्स्क्रीन प्रयोग गर्नु पर्छ ।

–छालालाई पनि आन्तरिक हाइड्रेशनको आवश्यकता हुन्छ । त्यसका लागि प्रशस्त पानी पिउनु पर्छ । ताजा फलफूल तथा सागसब्जी खानु राम्रो हुन्छ । यसले छालालाई पोषण दिने मद्दत गर्दछ ।

–छालामा अत्यधिक पोल्ने र घाउ हुने समस्या भएमा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप