पहिलो विदेश भ्रमणमा किन भारत रोजे अनुरा कुमारा दिसानायकेले ?
![पहिलो विदेश भ्रमणमा किन भारत रोजे अनुरा कुमारा दिसानायकेले ?](https://npcdn.ratopati.com/media/news/a82df940-ba2b-11ef-aff0-072ce821b6ab.jpg_P9jq8YbJFi.webp)
नयाँ दिल्ली । श्रीलङ्काका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायके आफ्नो पहिलो विदेश भ्रमणमा सोमबार भारत आउँदैछन् । उनी बुधबारसम्म भारतमै रहने श्रीलंकाको मन्त्रिपरिषद्का प्रवक्ता नलिंदा जयसिताले बताएका छन् । यस भ्रमणमा अनुरा कुमाराले भारतीय प्रधानमन्त्री, राष्ट्रपति समेत अन्य कयौं शीर्ष नेतासँग भेटघाट गर्ने बताइएको छ । भ्रमणको अन्त्यमा द्विपक्षीय सम्झौताको घोषणा गरिनेछ । गएको सेप्टेम्बर २२ मा आएको राष्ट्रपति चुनावको नतिजामा वामपन्थी नेता अनुरा कुमाराले जित हात पारेका थिए ।
श्रीलंकामा यस अघिका राष्ट्रपतिहरूले पनि छिमेकी मुलुक भारत आफ्नो विदेश भ्रमणलाई प्राथमिकता दिने गरेका थिए । दिसानायकेले पनि आफ्नो पहिलो भ्रमणका लागि भारत रोज्नु पछाडि एउटा प्राथमिकता भएको वरिष्ठ पत्रकार र राजनीतिक विश्लेषक आर सनथले बीबीसी तमिललाई बताएका छन् । श्रीलंकाले आफ्नो विदेश नीतिमा असंलग्न नीति अपनाएको भएपनि भारतलाई प्राथमिकता र महत्त्व दिन जारी राखेको उनी बताउँछन् ।
‘यो नीतिमा टिकिरहन पनि नयाँ राष्ट्रपतिले आफ्नो पहिलो विदेश भ्रमणका लागि भारत रोज्ने गरेका छन् । यहाँसम्म कि जब सत्ता परिवर्तन हुन्छन् तब पनि अधिकांश मुलुकमा परराष्ट्र नीतिमा पूर्ण परिवर्तन आउँदैन । राष्ट्रपति अनुरा कुमार दिसानायकेलाई पनि यसै सन्दर्भमा हेर्नुपर्छ,’ उनले भनेका छन् । दिसानायकेको पार्टीको जनता विमुक्ति पेरामुना (जेभीपी)को सुरुआतमा भारत विरोधी नीति र चीनसँगको घनिष्ठ सम्बन्धका कारण भारतीय सञ्चार माध्यमले भारतप्रति श्रीलंकाको दृष्टिकोण परिवर्तन हुनसक्ने टिप्पणी समेत गरेका थिए । तर दिसानायकेको भ्रमणमा एउटा सन्देश उनको पालामा पनि भारतको महत्त्व घट्ने छैन भन्ने हुने सनथ बताउँछन् ।
‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय जनशक्ति विजयी हुने भारतको अनुमान थियो । राष्ट्रपति निर्वाचनअघि दिसानायकेले दिल्ली गएर वार्ता गरेका थिए भन्ने ध्यान दिनु पर्ने कुरा हो,’ अझ अगाडि उनले भनेका छन् । दिसानायकेको ध्यान डिजिटल अर्थतन्त्रमा भएको र यसमा भारत डिजिटल अर्थतन्त्रमा अग्रणी छ । त्यसैले यस विषयमा थप ध्यान दिइने अपेक्षा गरिएको पनि उनले बताए । दिसानायकेको यो भ्रमणमा चीन र अमेरिकाले नजिकैबाट नियालिरहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म
-
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी छ
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र