दुर्घटना गराउने मोटरसाइकल भेटिएन, प्रमुख जिल्ला अधिकारी घटनास्थलमा जाँदै
काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि स्थानीले प्रदर्शन जारी राखेका छन् । मंसिर २८ मा साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका ७ वर्षीय आयुष माझीको उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि मृतकका आफन्त र परिवारले मदन भण्डारी राजमार्ग अवरुद्ध गरिरहेका छन् ।
घटनास्थलमा मोटरसाइकलको भाइजरको टुक्रा फेला परेको छ । तर, मोटरसाइकल नम्बर र चालकको बारेमा अहिलेसम्म कुनै पनि क्लु नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले रातोपाटीलाई बताए ।
स्थानीय प्रशासनले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा घटनास्थलमा जाँदैछन् । राजमार्ग खुलाउनेबारे स्थानीयसँग कुरा गर्न आफू दुधौली जाँदै गरेको प्रजिअ शर्माले रातोपाटीलाई बताए । उनले भने– ‘एसपी सा’व र म घटनास्थलतर्फ जाँदैछौँ ।’
बागमती प्रदेशको ट्राफिक ब्यवस्थापन हेर्ने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदी पनि घटनास्थलमा जाँदैछन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको मोटरसाइकलको नम्बर खुलेको छैन । काठमाडौँको केएमसीमा मृत्यु भएका बालको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
स्थानीयले दुर्घटनामा संलग्न चालकलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै मदन भण्डारी राजमार्ग र धनसरी सडक खण्डमा प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
-
१३ हजार कानुन व्यवसायी करको दायरामा आएका छन् : सचिव सापकोटा
-
रुकुम पश्चिमकाे सानीभेरी नदीकाे किनारामा एक व्यक्तिको शव फेला
-
कुन राशिका लागि पुस महिनामा कस्तो योग छ ?
-
सरकारको प्रयासका कारण ब्याजदर एकल अंकमा आउन सम्भव भयो : अर्थमन्त्री
-
पाकिस्तानलाई जिल्याउँदै नेपाल सेमिफाइनलमा, मंगलबार भारतसँग भिड्ने