पशुपति क्षेत्रका ३७ जना कर्मचारीलाई काम गर्न दिइएन
![पशुपति क्षेत्रका ३७ जना कर्मचारीलाई काम गर्न दिइएन](https://npcdn.ratopati.com/media/gallery/pashupati20_6tCYdsj0PN.jpg)
काठमाडौं । पशुपति क्षेत्रमा सरसफाइ गर्दै आएका ३७ जना कर्मचारीलाई काम गर्न रोक लगाइएको छ । आइतबारसम्म काम गर्दै आएका कर्मचारीलाई पशुपति क्षेत्र विकास कोषले सोमबारदेखि काममा आउन रोक लगाएको हो ।
करार सेवामा नियुक्त ती कर्मचारी बिहानी सत्रमा काम गर्दै आएका छन् । बिहान ५ बजे काम गर्न जाँदा काम गर्न नदिएर फर्काइएको एक कर्मचारीले गुनासो गरे ।
त्यसो त कोषमा कार्यरत करार कर्मचारी र कोषबीचको विवाद अहिलेदेखिको होइन । कर्मचारीको करार अवधि थप गर्न कोषले प्रत्येक वर्ष आनाकानी गर्दै आएको छ । यसको सट्टामा श्रमिक आपूर्तिकर्तामार्फत् सम्झौता गर्न कोषले दबाब दिँदै आएको थियो । खुकुरी नेपाल नामक कम्पनीलाई जिम्मा दिएर करार गर्न लगाइएको थियो ।
त्यसो त, श्रमिकहरुले दायर गरेको मुद्दामा श्रम अदालतमा नियमित रोजगारी सम्झौता दिलाउने माग गर्दै कोषका सदस्य सचिव मिलन कुमार थापा र कार्यकारी निर्देशक सुभास चन्द्र जोशीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा गत मंसिर १९ गते अन्तरिम आदेश जारी गर्दै कोषलाई मुद्दाको किनारा नलागेसम्म आपूर्तिकर्तामार्फत् रोजगार सम्झौता नगर्न/नगराउन तथा श्रमिकहरुलाई नियमित रुपमा पारिश्रमिक भुक्तानी गर्न श्रम अदालतले आदेश दिएको थियो । यसविपरित श्रमिकलाई कामबाट बञ्चित गरिएको हो ।
श्रमिकलाई काममा रोक लगाइएको विषयमा कार्यकारी अधिकृत जोशीले भने अनभिज्ञता प्रकट गरे । आफू बाहिर रहेको भन्दै यसबारे थाहा नभएको यसबारे बुझ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता