कफीका ‘चोर हाँगा’ हटाउन किसानलाई सुझाव

काठमाडौँ । कफीका बोटहरूमा अनावश्यक रूपमा बढी आएका चोर हाँगाहरू हटाउन किसानलाई सुझाव दिइएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि–मौसम सल्लाह बुलेटिन मार्फत ४ देखि ५ वर्ष पुराना कफीका बोटहरूमा अनावश्यक रूपमा बढी आएका चोर हाँगाहरू (पानीसरा ) हटाउन आग्रह गरेको हो ।
यस्तै, केन्द्रले कलेजी रङ्गमा परिणत भई पाकेका अगौटे चेरीहरू टिप्न पनि सुझाएको छ । नयाँ रोपिएका कफी बिरुवालाई चिसोबाट बचाउन छापो तथा छहारीको व्यवस्था निलाउन उल्लेख छ ।
यस्तै, सो बुलेटिनमा पोली ब्यागमा रोपिएका बेर्नाको पातमा डढुवा, खैरो थोप्ले रोग देखिन सक्ने हुँदा ०.५ प्रतिशतको बोर्डो मिश्रण बनाई सबै पात भिज्नेगरि स्प्रे गर्न सुझाइएको छ ।
बगैँचामा झारपात तथा अनावश्यक छहारी हटाई १ प्रतिशतको बोर्डो मिश्रण फल तथा पातहरू भिज्नेगरि छर्न पनि भनिएको छ । यस्तै, कफी नर्सरीमा वृद्धि विकासको अवस्था हेरि झोलमल र सूक्ष्म खाद्यतत्वको प्रयोग समेत सुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु