आफ्नै मान्छेलाई किन निशाना बनाउँदैछन् सी चिनफिङ ?

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङलाई आफ्नै सहयोगीमाथि कारबाही गर्नु परिरहेको छ । अमेरिकासँगको लडाइँमा चिनियाँ सेनालाई बलियो बनाउने उनको यो कोसिसमा ठुलो झट्का लागेको हो ।
चिनियाँ सेनामा भ्रष्टाचार निमिट्यान्न पार्न उनले पहिलो शक्तिशाली जनरललाई निशाना बनाएर पिपुल्स लिबरेशन आर्मीको शीर्ष पदमा आफ्नो बफादारहरूलाई नियुक्त गरेका थिए । तर अब भने यिनै बफादारहरूलाई उनले निलम्बित गरिरहेका छन् ।
यीमध्ये एक व्यक्ति हुन् एडमिरल मियाओ हुवा । मियाओलाई अनुशासनको गम्भीर उल्लङ्घनको आरोपमा निलम्बित गरिएको छ । चीनमा भ्रष्टाचार र विश्वासघातको मामिलामा यो शब्दको प्रयोग गरिन्छ । यसको अर्थ सिले आफ्नो विश्वासपात्रहरू गुमाइरहेका छन् । तानाशाहले जे गर्छन् सीले त्यही गरेको विज्ञहरूले भनिरहेका छन् । सुरुमा उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सिध्याएको अनि अहिले नजिकका सहयोगीहरूमा सम्भावित खतरा खोजेर उनीहरूलाई निशाना बनाइरहेको उनीहरूको भनाई छ ।
यस महिनाको सुरुमा, सीले आफ्ना चार वफादारहरूका साथ सीएमसीमा पीएलएको सूचना समर्थन बलको भ्रमण गरेका थिए । सैनिकहरू पूर्ण रूपमा बफादार, पूरै शुद्ध र पूर्ण रूपमा भरपर्दो रहिरहुन् भन्ने सुनिश्चित गर्नुपर्ने सो भ्रमणका क्रममा सीले आफ्ना अधिकारीहरूलाई भनेका थिए ।
सी जिनपिङले पीएलएलाई अमेरिकी सेनासँग प्रतिस्पर्धा गर्न सक्ने विश्वस्तरको लडाकु बलमा रूपान्तरण गर्न खोजिरहेका छन् । मियाओलाई निलम्बन गर्नुले शीर्ष जनरल र अफिसरहरूप्रति सीको विश्वासको कमीलाई झल्काएको पेन्टागनबाट अनुदान प्राप्त नेशनल डिफेन्स युनिभर्सिटीका वरिष्ठ रिसर्च फेलो जोएल वुथनो भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला