लञ्च भयो नयाँ सामाजिक सञ्जाल मोजी, के छन् यसका विशेषता ?

काठमाडौँ । तपाईं सामाजिक सञ्जाल कत्तिको चलाउनुहुन्छ ? अहिले उपलब्ध सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, एक्स आदि राम्रो लाग्दैन भने तपाईंका लागि खुसीको खबर छ । भर्खरै मात्र मोजी नामक नयाँ सामाजिक सञ्जाल प्लेटफर्म लन्च भएको छ । तपाईंलाई यो एप मन पर्न सक्छ ।
मोजीका संस्थापक इभ विलियम्स भने यसलाई सामाजिक सञ्जाल प्लेटफर्म भन्न रुचाउँदैनन् । ‘यो वास्तवमै सामाजिक सञ्जाल मञ्च होइन, किनकि प्रयोगकर्ताहरूले यसमा फोटो वा भिडियोहरू पोस्ट गर्न सक्दैनन् । यसको सबैभन्दा अनौठो विशेषता भनेको यो एप प्रयोग गरेर प्रयोगकर्ताहरूले नयाँ व्यक्ति र उनीहरूका परिचितहरूसँग अर्थपूर्ण रूपमा जोडिन सक्छन्’ मोजीका संस्थापकले भनेका छन् । एप हाललाई आईओएसमा मात्र उपलब्ध भएको र एन्ड्रोइड प्रयोगकर्ताका लागि वेटलिष्ट पहिला देखि नै उपलब्ध रहेको र एप पनि चाँडै रिलिज हुन सक्ने बताइएको छ ।
के हो मोजी ? कस्ता छन् यसका फिचरहरू ?
परम्परागत सामाजिक सञ्जालले मानिसहरूलाई एक अर्कासँग जोड्नुको सट्टा अन्जान मानिसहरूबीच कन्टेन्ट शेयर गर्नमा जोड दिने गरेको मिडियामा गरिएको एउटा पोष्टमा विलियम्सले बताएका छन् । विलियम्स इन्फ्लुएन्सर बिनाको एउटा वैकल्पिक निजी प्लेटफर्म उपलब्ध गराउन चाहन्थे ।
यो प्लेटफर्ममा सार्वजनिक प्रोफाइल,फलोअरको गणना र अपरिचितहरूको समर्थन नहोस् भन्ने उनको चाहना थियो । कम्पनीले केही समयअघि एउटा सानो समूहमा एप लञ्च गरेको थियो । यसका फिचरहरूप्रति प्रयोगकर्ताहरूबाट निकै सकारात्मक प्रतिक्रिया आएपछि कमपनीले एप औपचारिक रुपमा लञ्च गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि