‘फेरि रेशम फिलिली’ १४ फागुनमा रिलिज हुने

काठमाडौँ । फिल्म ‘फेरि रेशम फिलिली’ आगामी फागुन १४ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
पोस्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई देख्न सकिन्छ । ९ वर्षअघिको हिट फिल्म ‘रेशम फिलिली’ को यो दोस्रो श्रृंखलाको रुपमा यो बनेको हो । दर्शकले श्रेष्ठलाई पहिलेकै भूमिकामा देख्न पाउनेछन् ।
सिनेमा आर्टको प्रस्तुति र भी मोसन पिक्चर्सको सहकार्यमा बनेको फिल्ममा निरोज महर्जनको लेखन, निर्देशन रहेको छ । फिल्मलाई रौनकविक्रम कँडेलले निर्माण गरेका हुन् ।
फिल्ममा विनय र सुपुष्पाको अलवा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ ।
फिल्मलाई सुसन प्रजापतिले छायाङ्कन गरेका हुन् । निरोज महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँसकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ