१ लाख ६ हजार डलर पुग्यो बिट्क्वाइनको भाउ
![१ लाख ६ हजार डलर पुग्यो बिट्क्वाइनको भाउ](https://npcdn.ratopati.com/media/news/capture_S4IV6S8jWF.png)
सिंगापुर । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ गोटाकै १ लाख ६ हजार डलरभन्दा माथि उक्लिएको छ । विश्वको सबभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनको भाउ यस स्तरमा पुगेको यो पहिलो पटक हो ।
अमेरिकामा नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विजयी बनेयता बिट्क्वाइनको भाउ ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । सोमबार एसियाली बजारको बिहानी कारोबारमा बिट्क्वाइन केही क्षणलाई प्रतिगोटा १ लाख ६ हजार डलर माथि पुगेको थियो ।
त्यसपछि भने यसको भाउ घटेर १ लाख ४ हजार ५०० डलर आसपास रह्यो । अमेरिकामा बाइडेनको प्रशासनको तुलनामा आगामी ट्रम्प प्रशासन क्रिप्टोकरेन्सीप्रति बढी नै मित्रवत् रहने संकेत आइरहेको छ ।
यस्तोमा बिट्क्वाइनको भाउ निरन्तर उकालो लागिरहेको छ । बिहीबार ट्रम्पले देशको रणनीतिक तेल सञ्चिति जस्तै गरी डिजिटल मुद्राको पनि राष्ट्रिय भन्डारण बनाउनेबारे विचार गरिरहेको भनेर बताएका थिए । यो महिनाको सुरुमा उनले सिलिकन भ्यालीका उद्यमी डेभिड स्याक्सलाई कृत्रिम बौद्धिकता (एआई) र क्रिप्टोकरेन्सी जारमा नियुक्त गरेका थिए ।
पेपलका पूर्व कार्यकारी स्याक्स ट्रम्पका सल्लाहकार एवम् उनको चुनावी अभियानमा ठूला दाताका रुपमा रहेका एलन मस्कको मिल्ने साथी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
-
नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए