उपसभामुखको सुझाव : कपि पेस्ट नगर्नुहोस्, मेहनत गरेर समाचार लेख्नुहोस्

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले पत्रकारहरूलाई निराश हुने मात्र हैन, नयाँ बच्चाहरूलाई जाँगर आउने समाचार पनि लेख्न आग्रह गरेकी छन् ।
संसदीय मामिला पत्रकार समाजले तयार पारेको पुस्तक संसदीय पत्रकारिता अवधारणा र अभ्यास पुस्तक विमोचन कार्यक्रममा बोल्दै रानाले सो कुरा बताएकी हुन् ।
उनले भनिन्, ‘ तपाईँहरूले निराश हुने मात्र हैन, नयाँ बच्चाहरूलाई जाँगर आउने समाचार लेख्नुहोस् । यहाँ त निराशा मात्र छ । तपाईँहरूको देश बचाउन ठुलो भूमिका हुन्छ । त्यसअनुसार समाचार तपाईँहरूले समाचार लेख्दिनु होला । जानी/नजानी अन्याय नगर्नु होला । कपि पेस्ट नगर्नुहोस्, मेहनत गरेर समाचार लेख्नुहोस् ।’
उनले जनतालाई सुसूचित गर्ने काम पत्रकारको भएको स्मरण गराइन् । ’हामी कहिलेकाहीँ सत्य बोल्दा जनता डिप्रेसनमा जान सक्छ , तपाईँहरूले त्यसमा पनि ख्याल गरेर समाचार निकाल्नु पर्छ,’ उनले भनिन्, ‘कसै कसैले राजनीतिक प्रभावमा परेर काइते समाचार पनि लेख्छन् ।’
फरक प्रसङ्गमा उनले संघीयता ठिक छ किन छैन भन्ने बहस भइरहेको जिकिर गरिन् । ‘तर १० वर्ष भए पनि नीति बनेको छैन, कसरी ठिक बेठिक हुन्छ र ?’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह
-
प्रयोगमा ल्याएर फेल भएको ‘अतिरिक्त सचिव’ राख्ने सहमति
-
नक्कली नोटसहित एक जना पक्राउ
-
घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन
-
ग्रामथान गाउँपालिकाका जनप्रतिनिधिको गाडी सुविधा कटौती