सिंहको निधनमा काठमाडौँ महानगरपालिकामा शोक बिदा
सोमबार, ०१ पुस २०८१, ०९ : ५१

काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएकोमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको हो ।
प्रमुखका रूपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा सिंहले पुर्याएको योगदानको उच्च सम्मान गर्दै सोमबार अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने जानकारी दिइएको छ । काठमाडौँ महानगरपालिका परिवारले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गरेको छ ।
सिंहले तत्कालीन काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
-
अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी अधिवेशनमा पेस हुन्छ : मन्त्री चौरसिया
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनः नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो
-
सेयर घट्दा पनि बढ्यो कारोबार, कति मूल्यको किनबेच भयो सेयर ?
-
पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल
-
चितवनमा ‘दिपल इभी’ को औपचारिक बिक्री सुरु