सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

हिन्द महासागरको सानो टापुमा शक्तिशाली आँधी, सयौँको ज्यान गएको आशङ्का

सोमबार, ०१ पुस २०८१, ०९ : २५
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । शक्तिशाली चिडो चक्रवातका कारण हिन्द महासागरको मेयोट टापुमा ठुलो सङ्ख्यामा मानिस प्रभावित भएका छन् । यो क्षेत्रमा विगत १०० वर्षमा आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।

अहिले कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर त्यहाँको विध्वंस देखेपछि राहतकर्मीले योभन्दा मृत्यु हुनेको सङ्ख्या धेरै हुने बताएका छन् ।

अधिकारीहरूका अनुसार आँधीका कारण सयौँको ज्यान गएको सम्भावना रहेको छ । राहत कार्यकर्ताहरू अझै पनि केही प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्।

मेयोटको जनसङ्ख्या ३ लाख २० हजार छ । अहिले हजारौँ मानिस खाना, पानी र आश्रयविना बसिरहेका छन् । यस टापुमा फ्रान्सको अधिकार छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप