जनकपुरधाममा फोटो प्रदर्शनी
सोमबार, ०१ पुस २०८१, ०६ : ५३

धनुषा । ऊर्जा क्षेत्रमा एसियाली विकास बैंक(एडीबी) नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनी मधेस प्रदेशको राजधानी जनकपुर धाममा भइरहेको छ । महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा जारी प्रदर्शनीमा ५० तस्बिरहरू छन् ।
प्रदर्शनी अवलोकन गर्न बिहानैदेखि विभिन्न कलेजका विद्यार्थी, सरकारी कर्मचारी, बैंक तथा वित्त संस्थाका कर्मचारी र आम सर्वसाधारणको बाक्लो उपस्थिति थियो । जनकपुर उपमहानगर पालिकाका उपप्रमुख केशरी साह, मधेस प्रदेश सरकारका प्रदेश नीति तथा योजना आयोग जनकपुर धामका उपाध्यक्ष डा. सोहन प्रसाद साह आएका थिए ।
साहले प्रदर्शनी अवलोकन पछि प्रदर्शनीमा राखिएका तस्बिर निकै सन्देशमूलक रहेको प्रतिक्रिया जनाए ।यसले नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले खेलेको भूमिकालाई स्पष्ट पारेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन