घरेलु मैदानमै हार्यो बार्सिलोना
सोमबार, ०१ पुस २०८१, ०५ : ४७

काठमाडौं । स्पेनिश ला लिगामा बार्सिलोना घरेलु मैदान मै हारेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनालाई लेगानेसले १-० ले हराएको हो । बार्सालाई हराउन खेलको चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल नै निर्णायक बन्यो ।
यो हारले बार्सिलोनालाई जहाँको त्यहिँ अड्काएको छ । गोल अन्तरका आधारमा बार्सिलोना शीर्षस्थानमा भए पनि दोस्रो स्थानको एटलेटिको मड्रिडले अंक बराबरी गरेको छ भने तेस्रो स्थानको रियाल मड्रिडसँगको अंक दुरी समेन जम्मा १ अंकले फरक छ ।
ला लिगाको सिजन बार्सिलोनाको यो चौथो हार हो । १८ खेलमा १२ जित्दा २ खेल बराबरी गरेको बार्सिलोना लय गुमाउँदै गएको छ । लेगानेसले भने रेलिगेशन जोनमा पर्नबाट आफुलाई जोगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेस हुने
-
वर्तमान सरकार पूर्णरुपमा असफल : माओवादी केन्द्र
-
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
-
माओवादी र प्रचण्डका विरुद्ध केही अराजक शक्ति लागेका छन् : अध्यक्ष शेर्पाली
-
कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी
-
सङ्घीय निजामती ऐन सम्बन्धी विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन