चर्चित ‘बाली नाइन’ड्रग गिरोहका पाँच जना २० वर्ष जेल काटेर फर्किए अष्ट्रेलिया, राष्ट्रपति हर्षित
काठमाडौं । कुख्यात ‘बाली नाइन’ ड्रग गिरोहका पाँच सदस्य २० वर्षको जेल सजाय काटेर अष्ट्रेलिया फर्किएका छन् । इन्डोनेशियाली जेलबाट सजाय भुक्तान गरेका ती पाँच जनाबारे प्रधानमन्त्री एन्थनी अल्बानिजले एक औपचारिक वक्तव्य नै दिएका छन् ।
आइतबार उनले एक वक्तव्यका क्रममा म्याथ्थु नोर्मन, स्कट रश, मार्टिन स्टेफन्स, सी यी चेन र माइकल कजुगजको फिर्तिको पुष्टि गरे । प्रधानमन्त्री अल्बानिजले उनीहरु अष्ट्रेलिया फर्किएकामा खुशी व्यक्त गरेका छन् भने इन्डोनेशियाली राष्ट्रपति प्रबोवो सुबिआंतोले देखाएको करुणाभावको उच्च प्रशंसा गेका छन् ।
यो हाइप्रोफाइल मामिला २००५ मा शुरु भएको थियो । जब इन्डोनेशियाले ९ अष्ट्रेलियाली युवालाई बालीबाट आफ्नो शरीरमा ८.३ किलो लागूऔषध बाँधेर तस्करी गर्न लागेको अवस्थामा पक्रिएको थियो ।
यो मामिला त्यतिखेर विश्वव्यापी चर्चामा आएको थियो कि जब गिरोहका दुई डिजाइनर इन्ड्र्यू चेन र म्युरन सुुकुमारनलाई २०१५ मा फायरिङ क्वाडद्वारा मार्न लगाइएको थियो । जुन घटनाबाटै इन्डोनेशिया र अष्ट्रेलियाबीच राजनीतिक एवं कुटनीतिक तिक्तता बढेको थियो । जुन कारण राजदूत नै फिर्ता बोलाउनु परेको थियो भने विश्वभर मै सबैभन्दा कडा ड्रग कानून इन्डोनेशियामा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पुस महिनाको पहिलो दिन, कुन राशिलाई फलिफाप ? हेरौँ राशिफल
-
युरो, साउदी रियाल, कुवेती-बहराइन दिनार र डलरको मूल्य बढ्यो, कसको कति ?
-
आज पुस १ अर्थात् तत्कालीन शाही सत्ताले लोकतन्त्रमाथि ‘कू’ गरेको दिन
-
एटलेटिको मड्रिड उक्लियो दोस्रो स्थानमा
-
चेल्सी र टोटनह्याम विजयी
-
म्यान्चेस्टर डर्बीमा पनि हारे ग्वार्डिवला