नेपाल पत्रकार महासंघमा को–को भए निर्वाचित ? (सूचीसहित)

काठमाडौँ । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी भएका छन् भने महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी भएका छन् ।
यसैगरी महासचिवमा रामप्रसाद दाहाल ४ हजार २९२, खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसियट सचिवमा वैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।
यसैगरी कोशी प्रदेश सदस्यमा कमल रिमाल, शंकर खरेल, मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र राजेश कुमार कर्ण, बागमती प्रदेश सदस्यमा नवराज पथिक, नारायणप्रसाद अधिकारी, गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी राना, लुम्बिनी प्रदेशबाट रामप्रसाद पोख्रेल र विकास बन्जाडे, कर्णालीबाट तुलाराम पाण्डे र नगेन्द्र प्रसाद उपाध्याय विजयी भएका छन् ।
यसैगरी सुदूरपश्चिमबाट योगेन्द्र बहादुर बलायर, सुरेश पन्त, उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी, प्रतिष्ठान प्रदेशबाट सविता शर्मा र वीरेन्द्र अोली, एसोसियट प्रदेशबाट पवित्रा मुडभरी र मनुका कुँवर, खुला सदस्यबाट छविलाल तिवारी र भुपेन्द्र आचार्य, मुकेन्द प्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगाना निर्वाृचित भएका छन् ।
यसैगरी महिला मधेसी सदस्यमा रुवि रौनियार निर्वाचित भएको निर्वाचन समितिले आइतबार राति जनाएको छ ।
सूची-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत