गाजामा इजरायली आक्रमण, १८ प्यालेस्टिनीको मृत्यु

गाजापट्टी । प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना विस्थापित व्यक्ति थिए । उनीहरूले टेन्टमा शरण लिएका थिए ।
एजेन्सीका प्रवक्ता महमुद बासलले रातभर काम गरिरहेका उद्धारकर्ताहरूले १८ जनाको शव बरामद गरेको बताए । उनले गाजाभरि ‘निरन्तर आक्रमण र इजरायली हवाई र तोपखाना बमबारी’ मा दर्जनौँ अन्य घाइते भएको जानकारी दिए ।
बासलका अनुसार मृतकहरूमा कम्तीमा तीन बालबालिका थिए । मध्य गाजा सहरको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको उनले बताए । मध्य गाजाको दिर एल–बालाहमा दर्जनौँ विस्थापित मानिसलाई शरण दिँदै रहेको एउटा टेन्टमा इजरायली क्षेप्यास्त्र प्रहार हुँदा अन्य चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।
एएफपीका तस्बिरहरूले गाजा सहरको अस्पतालबाट आफन्तहरूले आफ्ना प्रियजनहरूको शव निकाल्दा हृदयविदारक दृश्यहरू देखाएका छन् भने अन्य मारिएका कम्बलले ढाकिएको भुइँमा थिए ।
दिर एल–बालाहका मेयर दियाब अल–जारोलाई शनिबार यही आक्रमणमा मारिएको बासलले बताए ।
इजरायली सेनाले पछि त्यो आक्रमणको जिम्मेवारी लिँदै हमासको सैन्य शाखामा एक कार्यकर्ता जारो भएको बताएको थियो । आइतबार सेनाले बेइट हानुन र बेइट लाहिया क्षेत्रमा आक्रमण गरेको पुष्टि गरेको थियो ।
“सेनाले हवाई र भूमि दुवैबाट दर्जनौँ आतङ्ककारीहरूलाई निशाना बनाएको छ र बेइट हानुनमा थप आतङ्ककारीहरू पक्राउ गरिएका छन्”, इजरायली सेनाले भन्यो, “बेइट लाहियामा सेनाले आतङ्ककारीहरूलाई मार्यो र विस्फोटक तथा दर्जनौँ ग्रेनेडसहित ठूलो मात्रामा हतियार फेला पारी र विघटन गर्यो ।”
स्वास्थ्य सेवा सङ्कटमा
युद्धले गाजाका कूल २४ लाख जनसङ्ख्यामध्ये बहुसङ्ख्यकलाई विस्थापित गरेको छ । तीमध्ये धेरैजसोले एकपटक भन्दा बढी भाग्नुपरेको छ । इजरायली सेनाले आफ्नो उद्देश्य हमासका लडाकुहरूलाई पुनः समूहबद्ध हुनबाट रोक्नु हो भन्दै उत्तरी गाजामा धेरै हप्तादेखि व्यापक अभियान चलाइरहेको छ ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले उक्त कारबाहीमा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले दर्जनौँ लडाकू मारिएको बताएको छ । गाजाका चिकित्सकहरूले चलिरहेको सैन्य आक्रमणको बीचमा अस्पतालहरूमा औषधिको गम्भीर अभाव रहेको रिपोर्ट गरेका छन् । लडाइँले चिकित्साकर्मीहरूमाझ पनि क्षति पुर्याएकाले स्वास्थ्य प्रणालीलाई थप तनावग्रस्त बनाएको छ ।
“हामी चिकित्साकर्मीहरूको अभावबाट पीडित छौँ, जुन निशाना बनाउने र धेरै सङ्ख्यामा चिकित्सक र नर्सहरूको मृत्युको परिणाम हो”, उत्तरी गाजामा कमाल अदवान अस्पतालका निर्देशक होसाम अबु साफियेहले पत्रकारहरूलाई भने ।
इजरायली हवाई आक्रमण र गोलाबारीले अस्पताल र वरपरका क्षेत्रहरूलाई लक्षित गर्न जारी राखेको र यसले सङ्कटलाई बढाएको तथा बिरामी र कर्मचारी दुवैलाई जोखिममा पारेको उनले बताए । इजरायली सेनाले अस्पताललाई सीधै निशाना बनाउने कुरालाई अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग