पोखरा महानगरमा ५० लाखसम्मको अख्तियारी वडामै
पोखरा । पोखरा महानगरपालिकाले ५० लाखसम्मका योजनाको भुक्तानी वडाबाटै दिने भएको छ । आइतबार बसेको कार्यपालिका बैठकले ५० लाखसम्मको भुक्तानी अख्तियारी वडामा दिने निर्णय गरेको हो ।
यसअघि २० लाखसम्मको भुक्तानी वडाबाट हुँदै आएको थियो । ‘उपभोक्ता समितिबाट हुने कामका सन्दर्भमा ५० लाखसम्मको भुक्तानी वडाबाटै हुन्छ । सम्झौता र अन्तिम फरफारक वडामै हुन्छ,’ महानगरका प्रवक्ता मोति तिम्सिनाले भने, ‘टेण्डरबाट हुने कामको सम्झौता र भुक्तानी चाहिँ महानगरमै आउनुपर्छ । समितिलाई सहज बनाउन वडालाई अख्तियारी दिइएको हो ।’
यो निर्णयबाट आम नागरिकहरूलाई धेरै नै सहज हुने उनको विश्वास छ । वार्षिक विकास कार्यक्रममा महानगरलाई नै स्रोत केन्द्र तोकेकोले नगरपालिकाबाट मात्रै ठुला आयोजनाको भुक्तानी र सम्झौता गरिएको थियो । त्यसलाई बाटो फुकाएर वडामा पठाउने निर्णय गरिएको तिम्सिनाको भनाई छ । ‘महानगरमा योजना सम्झौता र भुक्तानीका लागि आउने सेवाग्राहीको चाप पनि कम हुन्छ, जनताले सुविधा पनि पाउँछन्,’ उनले अघि थपे, ‘संघीयताको राम्रो अभ्यास यो पनि हो ।’
बैठकले तालचोकदेखि बेगनास सडक निर्माणका लागि घर हटाउन आवश्यक पर्ने १५ लाख रुपैयाँ मुआब्जा दिने निर्णय गरेको छ । यही संरचनाका कारण काममा अवरोध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्या : चार पुरुषले एक महिलामाथि एकै पटक करणी गर्नु सामूहिक बलात्कार
-
आलु, बन्दा, काउलीलगायतका तरकारीको थोक मूल्य सस्तियो (मूल्यसूचीसहित)
-
पुरैनी तालमा चराको सङ्ख्या घट्यो
-
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
-
मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब
-
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड