नीति र शासनका कुरा सिक्न कर्णालीका ५० युवा वीरेन्द्रनगरमा
सुर्खेत । नीति र शासनका कुरा सिक्न कर्णाली प्रदेशका १० वटै जिल्लाका ५० जना युवाहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् । ती युवाहरूलाई शनिबारदेखि ‘नीति र शासनमा युवा’ विषयमा प्रशिक्षण दिइरहेको छ ।
अमेरिकी दूतावासको सहयोगमा ऋति फाउन्डेसन नामक संस्थाले कर्णाली प्रदेश सभा र पूरक एसियाको सहकार्यमा गरिएको प्रशिक्षण कार्यक्रमले ‘कर्णालीका युवाहरूलाई शासन र नीति निर्माण प्रक्रियामा सशक्त’ बनाउने उद्देश्य राखिएको छ । कर्णालीमा यस्तो कार्यक्रम पहिलो पटक भएको हो ।
कार्यक्रमका लागि प्रदेशका १० वटै जिल्लाबाट ५० युवाहरू छनौट गरिएको थियो । शनिवारदेखि सुरु भएको प्रशिक्षण सोमबारसम्म चल्ने छ ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले नीति निर्माण र शासन प्रक्रियामा युवाहरूको सक्रियता अत्यन्तै महत्त्वपूर्ण रहेको बताइन् । यस्ता खालका बहस र कार्यक्रमले युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न उत्प्रेरित गर्ने उनले विश्वास व्यक्ति गरिन् ।
प्रदेश सरकारका सचिव आनन्द सारुले युवाहरूले नीति र शासन प्रक्रियामा सहभागिता जनाउन जरुरी रहेको बताए । अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले नेपालको ७० प्रतिशत जनसंख्या ४० वर्षमुनिका भएकाले युवा राष्ट्रको सबैभन्दा ठुलो शक्ति भएको बताए । ‘तपाईंहरुले नयाँ विचार, ऊर्जा र नवप्रवर्तनको प्रतिनिधित्व गर्नुहुन्छ,’ उनले भने, ‘उत्तरदायी शासनलाई प्रवर्द्धन गर्न र सांसद तथा जनताबिचको खाडललाई कम गर्छ ।’
तालिमले नीति निर्माण र शासन प्रक्रियामा युवाहरूको भूमिका सुदृढ गर्दै उनीहरूलाई प्रभावकारी नागरिकका रूपमा तयार पार्ने लक्ष्य लिएको छ ।
ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार कर्णालीका दशवटै जिल्लाका ३०० भन्दा बढी युवाहरूबाट प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत ५० जना युवाहरूलाई पहिलो चरणको तालिमका लागि छनोट गरिएको हो । यो प्रशिक्षणबाट उत्कृष्ट २५ जनालाई दोस्रो चरणमा सहभागी गराइने छ । दोस्रो चरणबाट छनोट भएका १२ जनालाई तेस्रो चरणमा तालिम दिइने छ । उनीहरूलाई कर्णाली प्रदेश सभाका सदस्यहरूसँग ज्ञान सहायकको रूपमा काम गर्ने र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरिने गौतमले बताए । शनिबार र आइतबार विभिन्न विज्ञहरूले विभिन्न विषयहरूमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा कर्णाली प्रदेश सभाका सांसदहरूलाई समेत समेट्ने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समिति सभापतिहरूको दाबी : समितिमा रहेका सबै विधेयक यसै अधिवेशनमा संसद् लैजान्छौँ
-
प्रस्तावनाबाट गृहले हटाएको ‘अपराध अनुसन्धान’ मन्त्रिपरिषद्बाट थप
-
सर्भरमा समस्या देखिएपछि अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता समय थपियो
-
आईजीपी नियुक्ति गर्न विधेयकले राखेको ६ आधार
-
कर फर्स्योट विवाद : चुडामणी शर्माको भ्रष्टाचार मुद्दामा सातौँ पटक ‘अन्य आदेश’
-
रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन