पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित भएका छन् । उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो ।
महासंघको उपत्यका प्रदेश अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखाका मतदाताले मतदान गरेर नयाँ नेतृत्व चयन गरेका हुन् ।
अध्यक्ष पदमा निर्वाचित रोकाले ६४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी मोहनप्रसाद पन्तले ४१० मत पाए । अध्यक्षका अर्का उम्मेदवार शिव बस्नेतले ९३ मत पाए ।
उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा ६८३ मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कालिकाबहादुर महतले ४१६ मत पाए । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने ६८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सतिदेवी उप्रेतीले ३६३ मत पाइन् ।
महासचिव पदमा आशिष गुरागाईं ५६७ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी रामचन्द्र दुलालले ५०९ मत पाए ।
उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी ६३१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले ४४४ मत पाए । समावेशी सचिवतर्फ प्रविण श्रेष्ठ विजयी भए। उनले ६१९ मत पाए । उनका प्रतिद्वन्द्वी मोहन वल्लले २६३ मत ल्याए ।
कोषाध्यक्षमा सन्जिप घिमिरे निर्वाचित भए । उनले ४७७ मत पाउँदा उनका प्रतिस्पर्धी नीरज रञ्जीतले ३५२ मत पाए ।
त्यसैगरी, खुला ६ जना सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भिमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी भए । महिला तीन जना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित भए ।
दलित सदस्यतर्फ लिलामाया नेपाली विजयी हुँदा जनजाती सदस्यमा शैलेस डंगोल र सुरेश सायजु विजयी भए । मधेशी र अल्पसंख्याक सदस्यमा क्रमश प्रदिप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
सरकारी पक्ष र रेडबुल प्रतिनिधिबीच भेटवार्ता
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप