नेपालमा लगानी बढाउँदै लामाज ग्रुप, दरबारमार्गको लाउडीमा १२ करोड लगानी
काठमाडौँ । थाइल्यान्डको बैंककमा सञ्चालित क्लब हो, ‘लाउडी’ सोही क्लबको चेनको रूपमा राजधानीको दरबारमार्गमा हालै ‘लाउडी’ क्लब सञ्चालनमा ल्याइएको छ ।
लामाज ग्रुपले थाइल्यान्डको चेनको रूपमा अत्याधुनिक लाउडी क्लब सञ्चालनमा ल्याएको हो । ‘हाम्रो बैंककमा लाउडी क्लब छ । हामीले नेपालमा पनि त्यही नाममा चेन खोलेका हौँ’, क्लबका मेनेजर किसन रानाले भने, ‘हामी यसलाई अन्तर्राष्ट्रिय क्लब भन्न रुचाउँछौँ । किनभने बैंककमा भएको र त्यहाँको थिम र कन्सेप्ट यहाँ लागू गरेका छौँ ।’ उनका अनुसार हालसम्म क्लबमा झन्डै १२ करोड लगानी भइसकेको छ भने झन्डै ६० जनालाई रोजगारी दिइएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले एक साताअघि उद्घाटन गरेको उक्त क्लबमा खुलेको एक सातामै युवाहरूको उपस्थिति बाक्लो हुन थालेको मेनेजर रानाले बताए ।
उनले ‘लाउड’ (चर्को आवाज)को अर्थमा लाउडी नाम राखिएको उल्लेख गर्दै लोगोमा राखिएको एलले लामाज ग्रुपका साथै लक्जरियस सेवा भन्ने सन्देश दिने बताए ।
उनले भने, ‘तर, लक्जरियस देखाउने नाममा हाम्रो सेवा महँगो भने छैन । हामीले भन्न खोजेको के हो भने हाम्रो सर्भिस र खानामा लक्जरियस छ भन्न खोजिएको हो ।’
उनले अत्याधुनिक लाइटिङ, आत्मीयपन र लक्जरियस सेवाकै कारण आफूहरू अरू क्लबभन्दा फरक रहेको बताए । उनले आगामी दिनमा क्लबमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारलाई ल्याएर कार्यक्रम गर्ने योजना रहेको सुनाउँदै क्रमशः क्लबलाई नेपालकै एक नम्बर बनाउने योजना रहेको सुनाए । बिहीबार उक्त क्लबले लेडिज नाइट कार्यक्रमको आयोजना गरेको थियो भने उक्त कार्यक्रममा विदेशी डिजेलाई ल्याएर युवाहरुलाई भरपुर मनोरञ्जन दिलाइएको थियो ।
थाइल्यान्डबाहेक विदेशमा सिंगापुर, हङकङ र युकेमा समेत व्यवसाय रहेको लामाज ग्रुपमा नेपालमा अन्य क्षेत्रमा पनि लगानी बढाउने योजना बनाएको छ । हस्पिटालिटी र मनोरञ्जन क्षेत्रमा लगानी बढाउँदै जाने आफूहरूको योजना रहेको लामा ग्रुपको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धानको पूजा गरी मनाइयो धान्य पूर्णिमा
-
बागमती खोला छेउमा क्याम्पस बस फस्यो, तस्बिरहरु
-
भद्रगोल भ्रातृ संस्था : महाधिवेशन गराउने चुनौतीमा ‘केन्द्रीय निर्देशन समिति’
-
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
-
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
-
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित