नेपाल पत्रकार महासङ्घ बाँकेको अध्यक्षमा गिरी निर्वाचित

खजुरा । नेपाल पत्रकार महासङ्घ बाँके जिल्ला शाखाको अध्यक्षमा नवीन गिरी निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा शनिबार सार्वजनिक गरिएको मत परिणामअनुसार गिरीले एक सय १८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रदीप वाग्लेले ७० मत प्राप्त गरे ।
खुला उपाध्यक्ष पदमा रेजिना मल्ल र तिलक गाउँलेबिच बराबरी भएको छ । उनीहरूले आधा आधा कार्यकाल चलाउने सहमति भएको निर्वाचन अधिकृत केशव कोइरालाले बताए । उपाध्यक्ष (महिला) मा करुणा शाह, सचिवमा कृष्ण ओली र सहसचिवमा रवीन्द्र सिंह ठकुरी र भगतराम थारु विजयी भएका छन् । कोषाध्यक्ष पदमा सुनिल रेग्मी निर्वाचित भएका निर्वाचन अधिकृत कोइरालाले बताए ।
महिला सदस्यमा रजनीकुमारी योगी, दलित सदस्यमा आशा परियार, आदीवासी–जनजाती सदस्यमा निर्मला चौधरी, मधेशी सदस्यमा यदुराज मिश्र, अन्य समावेशी सदस्यमा सलामत अली शेष, निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । शाखाको खुला सदस्यमा पहलबहादुर केसी, शम्भुप्रसाद थारु, कृष्णराज अधिकारी, रवीन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सावित्री विश्वकर्मा, सजनकुमार आरसी र धना विष्ट केसी विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने