फ्रान्सको मायोट क्षेत्रमा शक्तिशाली आँधी, कम्तीमा ११ जनाको मृत्यु

पेरिस । हिन्द महासागरमा अवस्थित मायोट टापुमा चिडो चक्रवातको वितण्डाका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार यो चक्रवात झन्डै १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी हो ।
चक्रवातको समयमा हावाको वेग २२५ किलोमिटर प्रतिघण्टाको दरमा थियो । आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
हावाहुरीका कारण मायोट क्षेत्रमा बिजुली अवरुद्ध भएको छ । खानेपानीको आपूर्ति पनि बन्द भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रशासन मेयोट क्षेत्रका जनताको पक्षमा रहेको बताएका छन् । २५० अग्नि नियन्त्रक र सुरक्षाकर्मीलाई मायोटमा पठाइएको फ्रान्सेली अधिकारीहरूले बताएका छन् । तिनीहरूमध्ये केही पहिले नै टापु पुगिसकेको भनिएको छ ।
मायोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा ध्वस्त भएको जानकारी फ्रान्सका गृहमन्त्री ब्रुनो रिटेलोले दिएका छन् । आँधीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने आशङ्का व्यक्त गरिएको छ । सन् १९३४ देखि मायोतमा यस्तो गतिको आँधी नआएको उनले भनेका छन् ।
पहाडको भिरालो जमिनमा बनेका अस्थायी घरहरू पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । हिन्द महासागरमा अवस्थित मायोट टापु फ्रान्सको नियन्त्रणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार