हसिनामाथि बंगलादेशमा ३५०० मानिस बेपत्ता पारेको आरोप

ढाका । भारतमा निवार्सित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अर्को आरोप लागेको छ । ३ हजार ५ सय जना बेपत्ता भएको मामिलामा हसिनाको हात रहेको मोहम्मद युनुसको नेतृत्वको बंगलादेशको अन्तरिम सरकारले भनेको छ ।
छानबिनमा पनि यो कुरा प्रमाणित भएको बताइएको छ । जबरजस्ती बेपत्ताका घटनामा छानबिन आयोगले अनुसन्धान गरेको थियो । यी मामिलामा हसिना र अन्य कयौँ वरिष्ठ अधिकारीहरू संलग्न रहेको ‘सत्यको खुलासा’ शीर्षकको प्रतिवेदनमा भनिएको छ ।
ढाकास्थित स्टेट गेष्ट हाउस जमुनामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुसलाई आयोगका अध्यक्ष न्यायाधीश मैनुल इस्लाम चौधरीले छानबिन प्रतिवेदन बुझाएका थिए । जबरजस्ती बेपत्ता पारिएको भन्दै १ हजार ६ सय ७६ वटा उजुरी प्राप्त भएकोमा हालसम्म ७ सय ५८ वटा उजुरीमा छानबिन भएको आयोगले भनेको छ । बेपत्ता हुनेको कुल संख्या ३ हजार ५ सय नाघेको अनुमान आयोगको छ । भूमिका विवादास्पद भएकाले र्यापिड एक्सन बटालियन (रब)लाई खारेज गर्न पनि प्रतिवेदनमा सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक
-
आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति
-
न्युक्यासलसँग हारेसँगै रेलिगेसनमा पर्यो ईप्सविच
-
मातातीर्थ कुण्डमा स्नान र दर्शन गर्ने भक्तजनको घुइँचो, तस्बिरहरू
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित