४ लाख ५० हजार पार्टी सदस्य बनाउने झलनाथको प्रस्ताव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी एक वर्षमा ४ लाख ५० हजार पार्टी सदस्य बनाउन सकिने बताएका छन् ।
जारी स्थायी कमिटी बैठकमा ‘दशौँ राष्ट्रिय महाअधिवेशन र तत्कालिक कार्ययोजना’बारे प्रस्ताव पेस गर्दै खनालले पार्टीका प्रत्येक पार्टी सदस्यले एक वर्ष भित्रमा न्यूनतम दुईजना पार्टी सदस्य बनाउनुपर्ने पनि बताएका छन् ।
‘एक वर्षभित्रमा पार्टीको सदस्यता संख्या दोब्बरभन्दा बढी हुन्छ । हामीले एक वर्ष भित्रमा पार्टी सदस्यहरूको संख्या कम्तीमा ४ लाख ५० हजार पुर्याउन सकिन्छ’, खनालको प्रस्तावमा भनिएको छ ।
उनले यो विकास र विस्तार क्रान्तिकारी विकास र विस्तार हुने भन्दै हर स्तरका पार्टी कमिटीहरूले यो दायित्व बहन गर्ने सङ्कल्प लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘यस्तो सामूहिक संकल्प लिएर अघि बढ्ने हो भने पार्टीमा चमत्कारिक विकास हुन सक्छ’, खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’