शौर्य अटोमोबाइल्सद्वारा नेपालमा 'जेएमईभी जीएसई इभी' सार्वजनिक

काठमाडौँ । शौर्य अटोमोबाइल्स प्रालिले नेपालमा जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (JMEV) द्वारा निर्मित, GSE इभी सार्वजनिक गरेको छ। "सर्वाधिक मूल्यवान प्रिमियम सेडान" को रूपमा ख्याति कमाएको JMEV GSE ले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको विज्ञप्तिमार्फत जनाएको छ ।
सन् २०१५ मा स्थापना भएको JMEV चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट EV उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो। गाडीको ब्याट्री क्षमता: ४९ kWhऽ मोटर आउटपुट: ९९ kWऽ रेञ्ज: ४२० किमी (NEDC परीक्षण), ग्राउन्ड क्लियरन्स: >१७० मिमी रहेको कम्पनीको भनाइ छ ।
JMEV GSE को मूल्य अहिले ५३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने ग्राहकहरूले यस गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न शौर्य अटोमोबाइल्स शो-रुम दरबारमार्गमा सम्पर्क गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन