दिल्ली विधानसभा चुनाव : केजरीवाललाई नयाँ दिल्लीबाट टिकट, आतिशी कालकाजीबाट चुनाव लड्ने
आइतबार, ३० मङ्सिर २०८१, १४ : ५८

नयाँ दिल्ली । आम आदमी पार्टीले दिल्ली विधानसभा चुनावका लागि उम्मेदवारहरूको चौथो र अन्तिम सूची जारी गरेको छ । यसमा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई नयाँ दिल्ली विधानसभा सीटबाट उम्मेदवार बनाइएको छ ।
त्यस्तै कालकाजीबाट मुख्यमन्त्री आतिशीलाई उम्मेदवार बनाइएको छ । यसबाहेक बुरारीबाट सञ्जीव झालाई टिकट दिइएको छ । चौथो सूचीमा आम आदमी पार्टीले ३८ जना उम्मेदवारलाई टिकट दिइएको छ ।
पार्टीले नांगलोई जाटबाट रघुविन्दर शौकीन र सुल्तानपुर माजराबाट मुकेशकुमार अहलावतलाई उम्मेदवार बनाएको छ । आम आदमी पार्टीको चौथो सूची जारी गरेपछि अरविन्द केजरीवालले सोसल मिडिया प्लेटफर्म एक्समा बीजेपी हराएको भन्दै पोस्ट गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत