सवारी साधन भारतमा भन्दा नेपालमा चार गुणा महँगो छ : अध्यक्ष अग्रवाल
आइतबार, ३० मङ्सिर २०८१, १४ : ५६
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवालले छिमेकी मुलुक भारतमाभन्दा नेपालमा सवारीको मूल्य चारगुणा महङ्गो भएको बताएका छन् । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नेपालको अर्थतन्त्रमा ठुलो योगदान छ । ३ हजार बढी उद्योगी आबद्ध छन् । ठुलो सङ्ख्यामा रोजगारी पाएका छन्,’ उनी भन्छन्– ‘सवारीको प्रयोग बढ्दो छ । तर बढ्दो राजस्वका कारण अटोमोवाइल क्षेत्र सङ्कटमा छ ।भारतको तुलनामा ४ गुणा लिएको छ । भन्सार दर घटाइनुपर्छ । ’
मोटर दुई पाङ्ग्रे सवारी आयातमा १० देखि ६० प्रतिशत भन्सार र चारपाङ्ग्रे सवारीमा २५० देखि ३५० प्रतिशतसम्म भन्सार लगाउँदा पर्याप्त मात्रामा सवारी आयात हुन नसकेको उनको भनाइ छ । जसका कारण देशको अर्थतन्त्रमा सुधार आउन पनि नसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा जलेर एक जनाको मृत्यु
-
च्याम्पियन्स ट्रफीअघि टोलीबाट बाहिरिए अफगानिस्तानका युवा स्पिनर
-
फागुन महिनामा कुन बैंकबाट कति पाइन्छ ब्याज ?
-
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
-
बागमती प्रदेश सभा : एउटा कानुन बनाउन डेढ करोडभन्दा बढी खर्च
-
क्यानद्वारा दोस्रो चरणमा २४ सदस्यीय यू–१९ टोलीको घोषणा