फेसबुक र युट्युब हेर्नै नसकिने हुन्छन् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनलाई धरापमा पार्नेगरी अनेक तत्वहरु निस्कन थालेकाले प्रमुख पार्टीहरू मिलेर सरकार बनाएको प्रस्टीकरण दिएका छन् । आइतबार २१ औँ ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा भइरहेका अस्थिरताको अन्त्यको पक्षमा रहेको दाबी समेत गरे ।
‘यो सरकार सरकार, सरकार बनाउन होइन देशका समस्या र अस्थिरता समाप्त पार्न तथा विकृतिबाट मुक्त गर्न बनेको हो’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले कतिपय शक्तिहरू नेपाललाई भाँड्न सामाजिक सदभाव बिथोल्न र अराजकता निम्त्याउन लागि परेको भन्दै त्यसरी समृद्ध नेपाल बन्न नसक्ने बताए ।
‘सबै मिलेर मात्र नेपाल बन्छ । हामी सामाजिक सदभाव र न्यायका कुरा गर्छौ’, उनले भने, ‘भाँडभैलो ल्याउने होइन ।’ उनले दुर्गा प्रसाईंलाई सङ्केत गर्दै कतिपयले वैंकको ऋण नतिर्न उर्दी जारी गर्ने गरेको भन्दै बैङ्कको ऋण लिने अनि नतिर्ने भनेर उर्दी जारी गर्नु अराजकता भएको बताए ।
उनले देशलाई धनी र सम्पन्न बनाउनै पर्ने भन्दै दुःखबाट मुक्त गरेर तमाम नेपालीलाई सुखी बनाउनेतर्फ सरकारको ध्यान गएको बताए । ‘हाम्रा छोरा नातिहरूले यस्तै खालको गरिबी भोग्न नपरोस् भनेर सरकार लागेको छ’, उनले भने, ‘यसमा सबै जातजाति, भाषाभाषी र सबै नेपाली एक भएर लाग्नुपर्छ ।’
सभ्य समाजमा अराजकता मौलाउन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘फेसबुक, युट्युब हेर्यो सुन्नै र हेर्नै नसकिने हुन्छ’, ओलीले भने, ‘एकले अर्कोलाई शत्रु होइन, मित्र देख्ने गर्नुपर्छ ।’ फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारका मुद्दामा विलम्ब गर्नु नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्रा कसको भाउ कति ?
-
रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
-
ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
-
१२ बजे, १२ समाचार : विपक्षी दलले सामाजिक सञ्जाल नियमन अध्यादेश अस्वीकार गर्नेदेखि आशिका तामाङलाई तत्काल छोड्न पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको मागसम्म
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा