खाने हो त लिटरकै साढे १३ लाख रुपैयाँ पर्ने पानी ?
टोकियो । पानी हाम्रो सर्वाधिक आधारभूत आवश्यकतामा पर्दछ । यस्तोमा पानीलाई अति विलासी वस्तुको रूपमा बेच्नु चानचुने चुनौतीको कुरा होइन । तर जापानको एउटा कम्पनीले विलासी वस्तुको रूपमा सफलतापूर्वक पानीको बेचबिखन गरेर देखाइदिएको छ । सन् २००५ मा लन्च भएको फिलिको वाटरले मानिसहरूलाई एक लिटरकै लागि लाखौं रुपैयाँ खर्च गराउने पारेको छ ।
यसका लागि जापानमा पाइने विशुद्ध मिनरल वाटर मात्रै प्रयोग गरेर त हुँदैनथ्यो । त्यसैले कम्पनीले यसको प्याकेजिङको डिजाइनमा पनि प्रशस्तै काम गरेको छ । कम्पनीको पानीको बोतल आफैँमा पनि कलाकृति हो । कम्पनीले यसरी तपाईंले सोच्न सक्ने मूल्यभन्दा निकै धेरैमा पानी बेचेर देखाइदिएको छ ।
अहिले फिलिको ज्वेलरी वाटर विश्वमा सबैभन्दा धेरै खोजी हुने बोतल बन्द अल्ट्रा लक्जरी बोतल वाटर ब्रान्ड बनेको छ । कम्पनीले एक लिटर पानी १ हजार डलरमा बेचिरहेको छ । यसबाहेक लिमिटेड एडिशनका पानी हजारौँ डलरमा विक्री हुन्छ ।
फिलिकोले कोबे प्रिफेक्चरको रोक्कोउ नेशनल पार्कमा रहेको नुनोबिकी झरनाको पानी प्रयोग गर्छ । यो जापानको औद्योगिक र कृषि क्षेत्रभन्दा निकै पर रहेको छ । यहाँको पानी यसको शुद्धता र उच्च मिनिरलका लागि परिचित छ । झरनाको पानी ज्वालामुखीमा निस्किएका ढुंगाहरूमा फिल्टर भएर आउँछ । त्यसैले पनि यसको स्वाद निकै ताजा छ । पानीको प्राकृतिक स्वादलाई जोगाउन निकै कम मात्रामा यसको प्रोसेसिङ गरिने कम्पनीको दाबी छ ।
शुद्ध छ भन्दैमा कम्पनीले अचाक्ली महँगो पैसा लिन सुहाउँछ र भन्ने प्रश्न तपाईंको मनमा उब्जिएको हुन सक्छ । अब कुरा गरौं प्याकेजिङको । कम्पनीले पानीको हरेक बोतल हातैले सजाएको छ । यसमा स्वारोभस्कीको क्रिस्टलको साथमा सुनले सजाइएको छ ।
बोतल पानी राख्ने भाँडो मात्रै नभएर स्ट्याटस सिम्बोल भएको कम्पनीको भनाई छ । शुरुमा त पानीलाई विलासी वस्तुको रूपमा बेचेको भन्दै कम्पनीले निकै आलोचना खेप्नु परेको थियो । तर मेकरहरू अल्ट्रा–लक्जरी बजारमा पानीको लागि पनि राम्रै ठाउँ भएकोमा विश्वस्त थिए । कम्पनी स्थापना भएको एक वर्षपछि क्रिष्टियन डियोले आफ्ना भीआईपी ग्राहकमाझ फिलिको लक्जरी वाटर पुर्यायो ।
त्यसपछि संसारभर शाही घरपरिवारमाझ यो लोकप्रिय ब्रान्ड बन्यो । हरेक बोतललाई हातैले सजाइने भएकोले कम्पनीले हरेक महिना ५ हजार बोतल मात्रै पानी उत्पादन गर्ने गरेको छ । कम्पनीको सबैभन्दा सस्तो उत्पादनको मूल्य १ हजार डलर छ । सीमित संस्करणको बोतल लिटरकै १० हजार डलर अर्थात् १३ लाख ५७ हजार नेपाली रुपैयाँमा बेच्ने गरेको छ । कम्पनीले कहिलेकाहीँ १ लाख डलर पर्ने पानीको बोतल पनि ल्याउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अरब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल
-
ठगी गरेको आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ