सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध
आइतबार, ३० मङ्सिर २०८१, १४ : १६

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । मङ्सिर २८ मा साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका ७ वर्षीय आयुष माझीको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापछि मृतकका आफन्त र परिवारले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर बाबुराम कार्कीले रातोपाटीलाई बताए । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको मोटरसाइकलको नम्बर खुलेको छैन ।
काठमाडौँको केएमसीमा मृत्यु भएपछि परिवारले बालकको शव दुधौलीतर्फ लिएर गएका छन् । मोटरसाइकल नम्बर र चालकको पहिचान खुलाउने प्रयास भइरहेको इन्स्पेक्टर कार्कीले जानकारी दिए । स्थानीयले मदन भण्डारी राजमाार्ग र धनसरी सडक खण्डमा प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रो काउलीमा विषादी फेला
-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– ‘म्याराडोना सर्वकालीन महान् फुटबलर हुन्’
-
१७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत्र ७ गतदेखि
-
ब्रेकअपको हल्लाबिच तमन्नाले विजयको कोट लगाएपछि...
-
सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीहरूलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण
-
संशोधनकर्ता दोङ छलफलमा अनुपस्थित