गाडी आयात गर्नुभन्दा निर्माण कम्पनी सञ्चालन गर्नुपर्छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गाडी आयातभन्दा उत्पादन गर्ने कम्पनी निर्माण गर्नुपर्ने बताएका छन् । बताएका छन् । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
नाडा अटो मोबाइल्सले अर्थतन्त्रलाई माथि पुर्याउन महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिइएको भन्दै प्रशंसा गरे । ‘नेपालको अर्थतन्त्रमा नाडाको महत्त्वपूर्ण योगदान रहेको छ। नेपालमै गाडी उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ,’ उनले भने,‘नेपालमा गाडी आयात होइन निर्माण गर्ने कम्पनी सञ्चालन गरिनुपर्छ । बाटाघाटा उपर्युक्त भएनन् भने सरकारले सहज गरिदिन्छ ।’
गाडी आयातभन्दा उत्पादनका लागि भौतिक पूर्वाधार सहज बनाइदिने प्रतिबद्धता समेत उनले जनाए । ‘हामीले रोडसेफ्टीमा ध्यान दिन थालेका छौँ । गुणस्तरीय सुरक्षित सडक निर्माण र वातावरणमैत्री पूर्वाधार निर्माणमा पहल गरेका छौँ’ उनले भने । मौद्रिक नीति र वित्त नीति व्यवसायीमैत्री आउनुपर्ने समेत उनले बताए ।
‘विद्युतीय सवारी आजको माग छ । मन्त्रालयले यसलाई मध्यनजर गर्दै अघि बढेको छ,’ उनले भने, ‘तर विद्युतीय सवारीमा पनि समस्या छ । ब्याट्री डिस्पोज गर्ने समस्या छ । नेपालको मात्र नभएर यो संसारमा चुनौतीको विषय बनेको छ । समाधानको पहल पनि होला।’ राजनीतिक परिवर्तनका कारण पनि देशको अर्थतन्त्रमा प्रभाव परेको उनले बताए ।
राजनीतिका कारण भौतिक पूर्वाधार निर्माण योजनाबद्ध हुन नसकेको बताउँदै मन्त्री दाहालले भने, ‘आयोजनाको बैङ्क बनायौँ तर बैङ्कअनुसार काम गर्न सकेनौँ,’ उनले भने– ‘यस्तै प्राकृतिक विपद्का कारण पनि पूर्वाधारमा क्षति पुगेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
-
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
-
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
-
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा