आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय

निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठ्योः विष्ट

आइतबार, ३० मङ्सिर २०८१, १३ : ४९
आइतबार, ३० मङ्सिर २०८१

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा पराजित रमेश विष्टले निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको बताएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोषाध्यक्ष पदको मत परिणाममा धाँधली गर्न खोजिएको भन्दै प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएको बताएका छन् । 

‘निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ । महासंघको पूर्व अध्यक्ष शिव गाँउले र महेन्द्र विष्ट समेतको संलग्नतामा मतगणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छ’, उनले भनेका छन्, ‘अछामको पुनः मत गणना गर्न माग गर्दछु । कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनक छ ।’

शुक्रबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार कोषाध्यक्षबाहेकका सबै पदाधिकारीमा सत्ता गठबन्धन निकट प्यानल विजयी भएको छ । तर, कोषाध्यक्षमा रामकृष्ण अधिकारीले जित्दा सत्ता गठबन्धन पक्षले बखेडा निकालेको विष्टको भनाइ छ । 

विष्टले कांग्रेस निकट प्रेस युनियनबाट विद्रोह गर्दै प्रेस सेन्टरलगायतका संगठनको समर्थनमा अध्यक्षमा उम्मेदवारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप