यस्ता छन् अनुहारमा कफी लगाउँदाका फाइदा, कसरी लगाउने ?

काठमाडौँ । कफी संसारभरि सबैभन्दा बढी खपत हुने पेयमा पर्दछ । तपाईं हामीमध्ये धेरैलाई जना बिहान बिहान खाली पेटमा कफी पिउने मन पर्छ । तर कफी पेयको रूपमा मात्र नभएर स्वास्थ्य र सौन्दर्य बढाउन पनि उपयोगी वस्तु हो ।
कफी छालाको लागि धेरै राम्रो मानिन्छ । अनुहारमा कफी लगाउनुको धेरै फाइदा छन् । कफीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्स पाइन्छ जुन छालाको लागि फाइदाजनक हुन्छ । अनुहारको छालामा कफीको प्रयोगले बुढ्यौलीका सङ्केत पनि कम गर्न सकिन्छ । आजको यस लेखमा हामीहरू अनुहारमा कफी कसरी र किन लगाउने भन्नेबारे कुराकानी गर्नेछौँ ।
कसरी लगाउने ?
- फेसमास्क
एउटा कचौरामा दुई चम्चा कफीको धुलो र दुई चम्चा घ्यू कुमारीको जेल हाल्नुहोस् । यी दुबैलाई राम्ररी चलाउनुहोस् । राम्ररी फिटिसकेपछि यसलाई अनुहारमा लगाउनुहोस् अनि २०–३० मिनेट पछि चिसो पानीले मुख धुनुहोस् ।
- फेस स्क्रब
एक चम्चा ओलिभ आयल र २ चम्चा कफीको धुलोलाई मिसाउनुहोस् । यसलाई अनुहार अनि घाँटीभरि दल्नुहोस् । अनि ५ मिनेटसम्म मसाज गर्नुहोस् । यसलाई ३० मिनेटसम्म अनुहारमा सुक्नका लागि छाडिदिनुहोस् अनि मनतातो पानीले धुनुहोस् ।
फाइदा
- मृत छालाको लागि
कफीमा प्राकृतिक ‘एक्सफोलिएन्ट’ गुण हुन्छ । यसलाई अनुहारबाट मृत कोशिकाहरू हटाउन प्रयोग गर्न सकिन्छ ।
- रक्तसञ्चारका लागि
कफीमा क्याफिन हुन्छ, जसले रक्तसञ्चारलाई उत्तेजित गर्छ । यसलाई अनुहारमा लगाउँदा रगतको प्रवाह बढ्न सक्छ ।
- सुन्निएको अवस्थामा
कफीमा एन्टी–इन्फ्लेमेटरी गुणहरू हुन्छ । जसले छालामा सुन्निएको वा रातोपन कम गर्न मद्दत गर्दछ । छाला सुन्निएको छ भने कफी तपाईंको लागि उपयोगी हुन सक्छ ।
- डार्क सर्कल हटाउन
आजको समयमा डार्क सर्कलको समस्या हामी धेरैमा देख्छौँ । कफीमा पाइने क्याफिनले आँखा मुनिको डार्क सर्कल र सुन्निएको कम गर्छ ।
- चम्किलो बनाउन
अनुहारमा कफी लगाउनाले छालामा भएका दाग कम गर्न मद्दत मिल्छ । यसरी पनि अनुहारलाई चम्किलो बनाउन सकिन्छ ।
- घामको किरणले भएका क्षति कम गर्न
कफीमा पाइने एन्टिअक्सिडेन्टले सूर्यको किरणबाट छालामा हुने क्षतिलाई रोक्न मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु